जनसेवा श्री पदकवाट विभूषित पर्साका प्रहरी उपरीक्षक पाण्डे विभूषित

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,असोज ३ गते।

संविधान दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका  प्रमुख एवम प्रहरी उपरीक्षक बेल पाण्डे राष्ट्रपति द्धारा प्रबल जनसेवा श्री पदकवाट विभूषित भएका छन्।

पर्सा जिल्लाको सुरक्षा व्यवस्थाको कमाण्ड सम्हालेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक  बेलबहादुर पाण्डे  नेपाल प्रहरी संगठन सदस्यको हैसियतले राष्ट्र तथा नागरिकको लागि दिन रात खट्टि  शान्ति सुरक्षा र सेवा पुर्‍याउनु भएको अमुल्य योगदानको कदर गरि  प्रबल जनसेवावाट विभूषित भएका हुन्।

प्रहरी उपरीक्षक पाण्डेले आएको देखिनै  पर्सा जिल्लाको शान्ति सुरक्षा र सिमानाकामा हुने अपराधिक गतिविधि नियन्त्रण  तर्फ उत्कृष्ट कार्य सम्पादन गरेको हुनाले नेपाल सरकारले उच्च मुल्यांकन गरि सम्मानिय राष्ट्रपति विद्या देबी भण्डारी ज्युवाट प्रबल  जनसेवाश्री पदकवाट विभूषितवाट  सम्मानित हुनु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *