अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ खोप लगाए

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज १३ गते।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ खोप लगाएका छन्।

६५ वर्षभन्दा माथिका नागरिकलाई अमेरिकाले फाइजर खोपको तेस्रो डोज लगाउन सिफारिस गरेको छ। ७८ वर्षीय बाइडेनले पहिलो र दोस्रो डोज लगाउँदा आफूलाई साइड इफेक्ट नभएको पनि बताए।

उनले पहिलो डोज डिसेम्बर २१ र दोस्रो डोज जनवरी ११ मा लगाएका थिए।  करिब २६ लाख अमेरिकीले बुस्टर डोज लगाइसकेको अधिकारीहरुले बताएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *