अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ३१ गते।
गोरखामा भूकम्पको धक्का महशुस भएको छ ।
आइतबार बिहान चार बजेर ९ मिनेट जाँदा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।