साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज काठमाडौं आउँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १ गते।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियिसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्टिय फुटबल टोली आज बिहान काठमाडौं आउँदै छ।

नेपाली टोली बिहान ९ बजेपछि त्रिभुवन विमानस्थल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

साफको इतिहासमा पहिलोपटक फाइलन पुगेको नेपाली टोली भारतसँग ३–० गोलअन्तरले हारेपछि उपविजेता बनेको हो। ​

भारतले आठौँपटक साफको उपाधि जितेको हो। साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो।

भारतसँग हारेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली समर्थकलाई साथ दिन आज विमानस्थल आउन समर्थकलाई आग्रह गरेका छन्।

साफ च्याम्पियनसिपका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो। कतारमा मैत्रीपूर्ण खेल र अभ्यासपछि टोली असोज ११ गते मालदिभ्स पुगेको थियो

साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक लगातार दुई खेल जितेको थियो। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो।

तेस्रो खेलमा भने भारतसँगै १–० ले हारेको नेपाली टोलीले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै पहिलोपटक साफको फाइनलमा पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *