रौतहटमा शनिबार राति कार दुर्घटना हुँदा चार जनाको मृत्यु

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,कार्तिक २८ गते।

रौतहटमा शनिबार राति कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको  युके १२८.२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै शनिवार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा​ खसेको थियो । 

कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपीले जानकारी दिए ।

मृत्यु हुनेहरू मध्ये दुई जना भारतको बिहार बखरी बेतौना भन्ने गाउँका अरुन साह र दिनानाथ साह रहेका छन् भने अन्य दुई जनाको नाम सनाखत भएको छैन ।

घटनाबारे शनिबार राति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको एसपीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *