अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर १९ गते।
विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ ।
सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेको छ ।
शुक्रवारबाट सुरु भएको विवाहपञ्चमी महोत्सव बिहिवार सम्पन्न हुँदैछ् ।
सीताराम विवाहमहोत्सव अन्तर्गत पहिलो दिन शुक्रवार जनकपुर नगरदर्शन गरिएको थियो भने शनिवार फुलवारी लिला सम्पन्न गरिएको हो ।
आइतवार धनुषयज्ञ हुन लागेको छ भने सोमबार तिलकोत्सव, मंगलबार मटको, बुधबार शुभविवाह रहेको छ भने बिहिबार रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।