अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर २२ गते।
आज जनकपुरमा धुमधामसित रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।
आजकै दिन त्रेतायुगमा भगवान रामको सीतासंग विवाह भएको थियो । त्यसकै सम्झनामा जनकपुरमा सीता- रामको प्रतिकात्मक विवाह गरिन्छ । आज जनकपुरस्थित जानकी मन्दिरमा सीता-राम स्वयम्वर र विवाह समारोह आयोजना गरिएको छ।
त्रेता युगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको थियो त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै छ ।
आज दिउँसो साधुशन्तको अगुवाइमा झाकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा बाह्र विघामा पुगेपछि डोलाफेर गरी रामसीताको स्वयमम्बर हुने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त रामरोशन दास बैष्णवले बताए ।
तत्पश्चात रामजानकीको डोलासहित नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि राति रामजानकीको विवाहको कार्यक्रम हुने छ । डोला राम मन्दि र जानकी मन्दिरबाट निस्केपछि डोला दर्शन गर्न श्रद्धालुहरुको भीड लाग्ने गर्छ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भग्वान रामका बुबा अर्थात राजादशरथका रुपमा भूमिकामा छन् हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेर्तत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।
महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु जनकपुर आएका छन् ।