अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर २३ गते।
राम जानकी विवाहमहोत्सवको आज रामकलेवा विधि पश्चात साताव्यापी विवाह पञ्चमी समापन हुनेछ ।
आज सामुहिक भोजका लागि जानकी मन्दिरमा ३६ व्यञ्जनको भोजन पाक्दैछ । जन्तीको रुपमा भगवान रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधुसन्तलाई भोज खुवाउने र दक्षिणासहितको बिदाइ गर्नुलाई रामकलेवा भनिन्छ । रामकलेवाको क्रममा भारतबाट आएका साधुहन्तलाई जनकपुरकी महिलाहरुले गितका माध्यमले गाली गर्नुका साथै मनोरञ्जन गराइन्छ ।
त्रेता युगमा जस्तै बुधवार राति जनकपुरस्थित जानकी मन्दिरमा वैदिक परम्परा अनुसार भगवान राम र सीताबीच प्रतिकात्मक विवाह सम्पन्न भयो ।