सप्तरीको सुरुङ्गा नगरपालिकामा भलिबल रनिङ्ग प्रतियोगिता हुँदै

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,पुस ७ गते।  

सप्तरीको सुरुङ्गा नगरपालिका १ शिशुवारीमा बृहत खेलको आयोजना गरेको छ। स्वास्थको लागी खेलकुद राष्ट्रियको लागी खेलकुद मुलनाराको साथ बृहत खेलको आयोजना गरेको छ।

सुरुङ्गा नगर स्तरीय बिधालय खेलकुद एवं राष्ट्रियपति रनिङ सिल्ड प्रतियोगिता संचालनमा रहेको छ। नगरपालिका भित्रका अधिकांश निजि तथा सरकारी बिधालयका विद्यार्थीहरुले उक्त खेलमा भाग लिई रहेका छन्।

सुरुङ्गा नगरपालिकाका मेयर मुक्ति नाथ चौधरीले प्रमुख अतिथिको आसग्रहन गर्दै रिवन काटेर खेलको उद्घाटन गरेका थिए।बिशिस्ट अतिथिमा नगरपालिका उप-मेयर बिन्दा देबि पासमान, नगर शिक्षा अधिकारी हिला लाल राना,शिक्षा श्रोत ब्यक्ती भोगेन्द्र प्रसाद यादव,समाजिक बिकास समिति संयोजक देबेन्द्र प्रसाद चौधरी,सबल नेपालका परियोना अधिकृत राधेश्याम राम लगायतका अतिथिहरुको सह भागीता रहेको थियो।

प्रतियोगितामा खेलाईने खेलहरुमा  भलिबल, रनिङ रिले,हाईजम्प, ज्यायलिन थे, म्युजिक चेयर ,कुर्सी दौड, भाडो फुटाउने खेल लगायत दर्जनौं खेलको प्रतियोगिता रहेको आयोजकले जानकारी दिनु भयो। खेल पुष ३ गतेदेखि सुरु भएको थियो भने खेलको फाईनल आज समापन हुने आयोजकले जानकारी दिनु भयो।

खेलमा प्रथम, दृतय र तृतीय हुनेलाई  आयोजकको निर्णय अनुसार पुस्कार दिने अधिकारीक ब्यक्तीले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *