आज थपिए २७१ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख २३ हजार ६७३ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १२ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २७१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २३ हजार ६७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख ११ हजार ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *