अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस २३ गते।
दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले पराजित गरेको हो।
यो जितसँगै अफ्रिकाले तीन टेष्ट खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ।
अब तेस्रो टेष्ट ११ जनवरीमा हुने छ । पहिलो टेष्ट भारतले जितेको थियो ।
जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४० रनको चुनौती दिएको थियो । कप्तान डिन एल्गरको अभिजित ९६ रनको मद्दतमा दक्षिण अफ्रिकाले सहज जित निकाल्यो ।
भारतले पहिलो पारीमा २०२ र दक्षिण अफ्रिकाले २२९ रन बनाएका थिए । दोस्रो पारीमा भारतीय टोलीले २६६ रन बनाएको थियो । भारतका कप्तान बिराट कोहली खेलेका थिएनन् । भारतको कप्तानी केएल राहुलले गरेका थिए ।