अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २२ गते।
तनहुँको दमौली चोकमा भीषण आगलागी भएको छ । दमौली चोकमा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् ।
जमिनबाट आगो नियन्त्रणमा लिन असम्भव भएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह मन्त्रालयका एकजना अधिकृतले बताए ।
यसअघि पनि ठूला आगलागी नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिन्थ्यो ।
बिजुली सर्ट भएर आगलागी भएको बताइएको छ ।