अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन २२ गते।
जनकपुरधाममा गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।
जनकपुरधाम उप महानगरपालिका-१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।
शनिबार राति जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिबपुरस्थित मामा भोगी मुखियाको घरमा संचालन भएको किराना पसलमा बसिरहेका बेला मुकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको छ । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
घटनास्थलबाट पेस्तोल बरामद भएको र गोली प्रहार गर्नेको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।