अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन २३ गते।
मिथिला मध्यमा परिक्रमा आज जलेश्वर पुग्ने भएका छन् ।
विहीबार धनुषाको ठेराकचुरीबाट यात्रा सुरु गरेका मध्यमा परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी र भारतको मधुवनीको कल्याणेश्वर (कलना)मा पहिलो र दोस्रो दिनको रात्रि विश्राम गरिसकेका छन् ।
यात्राको तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान)मा रात्रि विश्राम गरेका यात्री शनिबार चौथौं दिन महोत्तरीको भारतीय सीमावर्ती मटिहानी पुगेका थिए ।
मिथिला मध्यमा परिक्रमा यात्राका सहभागी पाँचौ दिन जलेश्वरनाथमा रात्रि विश्राम गर्नेछन् । पाँचौँ दिन जलेश्वर, छैठौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रि विश्राम पछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् ।
यस परिक्रमामा १ सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहेको छ ।