सुनको मूल्य तोलामा एक लाख तीन हजार रुपैयाँ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २३ गते।

सुनको मूल्य आज ११ सय रुपैयाँले बढेर १ लाख ३ हजार पुगेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ११०० रुपैयाँले बढेर १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ ।

सोमबार चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । आइतबार १४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १४२५ रुपैयाँ प्रतितोला पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *