संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २६ गते।

संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । ​

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको डिएसपी सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन ।

घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *