युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, चैत्र २ गते।

युक्रेनको राजधानी किभमा बिहीबारदेखि ३५ घन्टाका लागि कर्फ्यु घोषणा गरिएको छ ।

रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु  घोषणा गरिएको हो ।

सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले  आह्वान गरेको छ । मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *