धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र १९ गते।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ ।

आज भारतको नयाँ दिल्ली स्थित हदराबाद भवनबाट दुई देशका प्रधानमन्त्री संयुक्त रुपमा झण्डा हल्लाएर जनकपुर जयनगर रेल्वेको समुदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

उद्घाटन गरेको हेर्नलाई दुई वटा प्रोजेक्टर जडान गरिएको छ ।

जनकपुर रेल्वे स्टेशनमा सो अवसरमा विशेष कार्यक्रम राखिएको छ । शनिवारको कार्यक्रमलाई केन्द्रित गर्दै संघीय सरकारकी भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव समेत जनकपुर आइपुगेकी छन् । जनकपुर रेल्वे स्टेशनमा रेल आएपछि मन्त्री यादव त्यसमा चढेर कुर्था स्टेशनसम्म पुग्ने छिन् ।
फर्किने बेला फेरि पुरानो स्टेशनमा मन्त्री यादव ओर्लिने र त्यहाँ केहीबेरको कार्यक्रमपश्चात रेल जयनगर फर्किने छ।

आज उदघाटनको अवसरमा यात्रुले निःशुल्क रेल चढ्न पाउने छन् ।

उदघाटन पश्चात जनकपुरधामको कुर्थास्टेशन देखि भारत विहारको जयनगरसम्म नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्ने छ ।

रेल चलाउनका लागि २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन् । पहिलो चरणमा अहिले ५९ नेपाली कर्मचारी राखिएको महाप्रबन्धक झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *