श्रीलङ्कामा राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको कारण आपतकाल घोषणा

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,चैत्र १९ गते।

श्रीलंकामा आर्थिक संकटको विरोधमा प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ अगाडि बढेको कारण श्रीलंकन सरकारले आपतकाल घोषणा गरेको हो। आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै भएका विरोध प्रदर्शनपछि श्रीलंका तनावग्रस्त भएको हो।

राष्ट्रपति राजापाक्षेले सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको बताएका  छन्।

सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राती कफ्र्यू लगाएको थियो ।

देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ, इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *