टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र २१ गते।

टी–२० शृङ्खलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दै छ ।

खेल कीर्तिपुरस्थित टीयू मैदानमा दिउँसो १२:३० बजे सुरु हुनेछ ।

नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो ।

नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो । आज फाइनलमा पपुवा न्यूगिनीलाई हराउँदै नेपालले एकदिवसीय सिरिजको बदला लिने लक्ष्य लिएको छ ।

नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज पपुवा न्यूगिनीले २–० ले क्लिन स्विप गरेको थियो । पपुवा न्यूगिनीले आजको फाइनलमा उपविजेताको रुपमा खेल्न लागेको हो ।

४ खेलमा ३ मा पराजित र एकमा जित हात पार्दै पपुवा न्यूगिनी फाइलनमा पुगेको हो । चार खेलमा ३ मा पराजित र एकमा विजयी बनेको मलेशियालाई नेट रनरेटमा पछि पार्दै पपुवा न्यूगिनी फाइनलमा पुगेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *