श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले पनि राजीनामा दिए

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,चैत्र २२ गते।

श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले पनि राजीनामा दिएका छन्।

आइतबार राति राजीनामा दिएका साब्रीलाई राष्ट्रपति गोटवाया राजापाक्षेले सोमबार अर्थमन्त्री नियुक्त गरेका थिए।

साब्रीले मंगलबार दिउँसो राष्ट्रपति राजापाक्षेलाई राजीनामा बुझाएका हुन्। यसअघि राजापाक्षेले आफ्ना भाइ बासिल राजापाक्षेलाई २०२१ मा अर्थमन्त्री नियुक्त गरेका थिए। बासिलले क्याबिनेटका अरू सदस्यसँगै आइतबार राजीनामा दिएका थिए।

साब्रीले न्याय मन्त्रीबाट राजीनामा दिँदा पनि आफूले फेरि मन्त्रीको जिम्मेवारी नलिने सोचेको भए पनि अन्तरिम कालका लागि अर्थमन्त्री बनेको बताएका छन्।

धेरै सोच-विचार गर्दा अहिलेको आर्थिक संकटबाट पार पाउन नयाँ अपूर्व कदम चाल्नुपर्ने लागेकाले आफूले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *