अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख १३ गते।
एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् ।
एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । अब भने उनले ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका छन् ।

मस्कले हिजो राती एक बयान जारी गर्दै ट्वीट गरे, ‘वाक स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो र ट्वीटर डिजिटल संसारको एउटा टाउन स्क्वायर हो जहाँ मानवताको भविष्यका लागि महत्वपूर्ण कुराहरु बहस गरिन्छ । म पनि नयाँ सुविधासहित ट्वीटरलाई पहिलेको भन्दा उत्कृष्ट बनाउन चाहन्छु । मानिसहरुलाई यो प्लेटफर्मप्रति विश्वास बढाउनका लागि एल्गोरिदमलाई ओपन–सोर्स बनाउनु, स्प्याम बट्सलाई हटाउनु र सबैको पहिचानलाई प्रमाणित गर्नु यसमा समावेश हुनेछ ।’