अनुगमनका नाममा ठुलो संख्यामा बाह्य व्यक्ति परीक्षा हलमा प्रवेश नगर्न गृहमन्त्रालय द्धारा आग्रह

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १४ गते।

अनुगमनका नाममा ठुलो संख्यामा बाह्य व्यक्ति परीक्षा हलमा प्रवेश नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

बुधवार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर अनुगमनका नाममा पटक–पटक परीक्षा हलमा धेरै मानिस प्रवेश गर्दा परीक्षाको वातावरण अस्वस्थ भएको बताएका छन् ।

मन्त्रालयले विश्वविद्यालय वा विद्यालय तहको परीक्षामा परीक्षा अवधिभर कार्यालय प्रयोजनको लागि बाहेक फोटो र भिडियो नखिच्न पनि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *