अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १५ गते।
आज पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ४ हजार ८८२ पीसीआर परीक्षणका क्रममा १५ जना र ९ सय ९३ एन्टिजेन परीक्षणका क्रममा कुनैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ९३ जना निको भएका छन् ।
कोरोनाका कारण विहीबार पनि कसैको मृत्यु भएको छैन ।