लागु औषध ८७३ एम्पुलसहित एक भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी बिरगंज,समाचारदाता,वैशाख २४ गते।

लागु औषध ८७३ एम्पुलसहित एक भारतीय नागरिकलाई पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा–१० वर्ष २२ को असरफ अली रहेको प्रहरीले जानकारी दिए ।

नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा हातमा मोबिलको डिब्बा बोकी शङ्कास्पदरूपमा भारत, रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले लागू औषधसहित अलीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका अलीलाई लागु औषध कसुरसम्बन्धी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *