पोखरा महानगरको मतगणना सुरु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ३१ गते।

पोखरा महानगरको मतगणना सुरु भएको छ ।

२ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरू भएको हो ।

पोखरामा दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा एक लाख ९६ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

पोखरामा मेयरका उम्मेदवार गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य, नेकपा एमालेका  कृष्णबहादुर थापा, राप्रपाका शंकरप्रसाद खराल र  अटेरी अभियानका गनेस पौडेलको चर्चा छ । पोखराको मेयरमा २३ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस की कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पोखराको उपमेयरमा ८ जनाले उम्मेदवारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *