महिला कर्मचारीहरूलाई ९८ दिन तलव सहितको प्रसूति विदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २५ गते।

महिला कर्मचारीहरूलाई ९८ दिन तलव सहितको प्रसूति विदा दिन निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।

मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाले नियमअनुसार पाउनुपर्ने प्रसूति विदा नपाएको गुनासो आएको भन्दै बुधबार एक सूचना जारी गरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *