पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ४ गते।

पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ।

चितवनको इच्छाकामा-४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर  बिहान २:३० बजेदेखि यातायात दुईतर्फी रुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *