अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,असार ५ गते।
कैलालीको टीकापुरमा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका-१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
सोडारी कामबाट घर फर्कँदै थिइन्। शनिबार साँझ उनलाई हात्तीले आक्रमण गरेको थियो। दुई वटा हात्ती देखेपछि उनीसहित अरू मानिस भागेका थिए।
तर सोडारीलाई एक हात्तीले आक्रमण गरेको थियो। तटबन्धमा मजदुरी गरेर घर फर्किरहेकी उनको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।