अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १४ गते।
धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका-२ अक्थलीस्थित पशुराम तामाङको घरमा डेरामा लिई बस्ने वडा २ झार्लाङ घर भएका २५ वर्षीय सुनील तामाङ र २५ वर्षीय अविनाश तामाङ रहेका छन् ।
प्रहरीले उनीहरू बस्ने डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल, खुकुरीसमेत बरामद गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
आरोपित दुवैलाई हातहतियार तथा खरखजानाअन्तर्गत अनुसन्धान गरी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।