अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार २८ गते।
श्रीलंकाका केही क्षेत्रमा सीमित इन्धन र ग्यास पुनः वितरण सुरु भएको छ ।
श्रीलंकाको राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
महिनौँदेखि इन्धन, खाद्यान्न र अन्य आधारभूत सामग्रीको अभाव झेलिरहेका सर्वसाधारणले थोरै भए पनि राहत अनुभूति गरेका छन् ।
देशको विदेशी मुद्रा सञ्चिति सबै सकिएको छ । खाद्यान्न, इन्धन र औषधि आयात गर्न टापु देशले ठूलो संघर्ष गरिरहेको छ ।