अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३० गते।
आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेट अन्तर्गत स्कटल्याण्डमाथि नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ।
बुधबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको हो । टिटवुड ग्लासगोमा स्टकल्यान्डले जितका लागि दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
नेपालका लागि आसिफ शेखले ७१ रनको अर्धशतकीय पारी खेले । ६२ बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे । त्यस्तै रोहितकुमार पौड्यालले ३४ रन बनाए । योसँगै रोहितको एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा भएको छ । नेपालका लागि कुशल भुर्तेलले २७ तथा दिपेन्द्र सिंह ऐरीले ३ रनको योगदान गरे । नेपालका लागि देव खनालले ४ रन बनाए ।
आदिल अन्सारी र सोमपाल कामीले तीन–तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । योसँगै रोहितको लिष्ट एमा हजार रन पूरा भएको छ ।