अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस २७ गते।
राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहदेवको ३०१ औँ जन्मजयन्ती र राष्ट्र एकता दिवस धुमधामका साथ विविध कार्यक्रम आयोजना गरी देशभर सम्पन्न भएको छ। यसै बिच जनकपुरधाममा पनि हर्षोल्लासका साथ कार्यक्रम सम्पन्न भएको छ।

जनकपुरधाम को रेल्वे स्टेशनबाट रथमा सुसज्जित श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहदेवको तस्विर, बाजा गाजा सहित को झाकी र जय जयकार सहितको लाम लस्कर नगर यात्रा गर्दै जनकपुरको भानुचौक , शिव चौक , जनकचौक, राम चौक , महाबिर चौक हुँदै जानकी मन्दिर मा पुगेर कार्यक्रम समपन्न भएको छ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मधेश प्रदेशका अध्यक्ष रणविजय सिंह चौहानको अध्यक्षता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहदेवको एतिहासिक ३०१ औँ जन्मजयन्ती कार्यक्रम जनकपुरमा समपन्न भएको छ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको पुत्रको रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल भएका थिए। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको थियो ।