अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस २९ गते।
मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।
आज दिउँसो १२ बजे मधेश भवनामा प्रदेश प्रमुख हरिशंकर मिश्रसंग उनले शपथ लिने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मधेस प्रदेशमा मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव बुधबार नियुक्त भएका थिए ।
सरोजकुमार यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । यादवलाई लोसपाले पनि समर्थन गरेको जनाएको छ । आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १-१ र १ स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् ।