ग्रिसमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,फागुन १७ गते।

ग्रिसमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । दर्जनौं यात्रु घाइते भएका छन् ।

मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए । रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए ।

एपी समाचार एजेन्सीले पनि दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जनाएको छ । घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक छ ।

रेल ठोक्किनुको कारण खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *