अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १ गते।
उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने राप्रपाले निर्णय गरेको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो ।