अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १ गते।
नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरू अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।
उक्त निर्णय गरेकै दिन भने कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त स्वास्थ्य सचिवको वैदेशिक भ्रमण स्वीकृत गरिएको छ।