अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ८ गते।
नेपाली सेनाले चार हजार ५०० जना सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो ।
आज एक सूचना निकाल्दै सेनाले विभिन्न रिक्त पदका लागि जेठ ७ गतेभित्र आवेदन दिन सकिने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

खुलातर्फ २ हजार ३५१ संख्या छ। यस्तै सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या छुट्याइएको छ।
यीमध्ये सबैभन्दा धेरै काठमाडौँ, सुर्खेत, कास्की र बुटवलमा मा ३५०–३५० माग गरिएको छ। यस्तैगरी सुनसरीमा ३०० र बाँकेमा २५० जना माग गरिएको छ।
इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ ।