अनलाईन न्युजपाटी ,एजेन्सी ,समाचारदाता,जेठ ४ गते।
आईपीएलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई १५ रनले पराजित गरेको छ ।
दिल्लीले दिएको २१४ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो ।
लियम लिभिङस्टोनले ९४ रन बनाए पनि पञ्जावलाई जिताउन सकेनन् । अन्तिम बलमा आउट भएका उनले ४८ बल खेल्दै ५ चौका र ९ छक्का प्रहार गरेका थिए । अथर्व टाइडेले रिटायर्ड आउट हुनुअघि ४२ बलमा ५५ रन बनाएका थिए ।
दिल्लीका यशान्त शर्मा र एकरिक नवर्कियखले दुई/दुई तथा खलिल अहाद र अक्षर पटेलले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले राइले रुसोको आक्रमक ब्याटिङमा २ विकेट गुमाएर २१३ रन बनाएको थियो । रुसोले अविजित रहँदै सर्वाधिक ८२ रन बनाए । उनले ३७ बल खेल् ६ चौका र ६ छक्का प्रहार गरेका थिए ।
यस्तै पृथ्वी शाले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरी ५४ रन बनाए । कप्तान डेविड वार्नरले ३१ बलमा ४६ रन जोडे । फिल साल्टले १४ बलमा अविजित २६ रन बनाए ।
पञ्जावक लागि साम करनले दुई विकेट लिए ।
जितपछि १३ खेलबाट १० अंकसहित दिल्ली नवौं स्थानमै छ । १३ खेलबाट १२ अंकसहित पञ्जाव आठौं स्थानमा छ ।