अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ ६ गते।
आईपीएलमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर १८८ रनको लक्ष्य पुरा गरेको थियो ।
पन्जाबले राम्रो सुरुवात गर्न सकेन । टोलीले ५० रनमा ४ विकेट गुमाएको थियो । यस्तो अवस्थामा साम करणले जितेश शर्मा र शाहरुख खानसँग मिडल अर्डरमा अर्धशतकीय साझेदारी गरे । पञ्जाबका लागि साम करण ४९ रनमा अविजित भए भने शाहरुख खानले अविजित ४१ रन बनाए । उनीअघि विकेटकिपर जितेश शर्मा ४४ रन बनाएर आउट भए ।राजस्थानका नवदीप सैनीले ३ विकेट लिए । ट्रेन्ट बोल्ट र एडम जाम्पाले एक एक विकेट लिए ।
जवाफी इनिङ्समा राजस्थानका ओपनर यशस्वी जैसवालले ५० र देवदत्त पद्दिकलले ५१ रन बनाए । अन्तिममा सिमरोन हेटमायरले २८ बलमा ४६ रनको इनिङ खेले । पञ्जाबका कागिसो रबाडाले २ विकेट लिए भने साम करन, अर्शदीप सिंह र नाथन एलिसले एक एक विकेट लिए ।
यो जितसँगै राजस्थान तालिकाको पाँचौँ स्थानमा पुगेको छ । पञ्जाब प्लेअफको दौडबाट बाहिरिएको छ ।