हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १५ गते।

हेटौंडाको नवलपुरमा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्।

नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नारायणगढबाट जनकपुर जाँदै गरेको उक्त बस अनियन्त्रित भइ सडकबाट करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । उनका अनुसार घाइते १० जनाको हेटौंडा–११ स्थित चुरेहिल अस्पताल २७ जनालाई हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका विषयमा थप विवरण खुल्न बाँकी रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *