अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,साउन २० गते।
थाइल्यान्डमा मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ ।
यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेमा तीन महिला र पाँच पुरुष रहेका छन् ।
थाइल्याण्डको चाचाङसाओ प्रान्तमा शुक्रबार दिउँसो रेलवे ट्र्याकहरू पार गर्ने क्रममा मालगाडीले ट्रकलाई ठक्कर दिएको सरकारी रेलवेले जनाएको छ। दुर्घटनामा घाइते एक जनाको अवस्था गम्भीर रहेको छ ।