अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ५ गते।
प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने छन्।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ।