अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असोज २५ गते।
इजरायलबाट २५० जना नेपाली घर फर्किदै छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् ।
इजरायलबाट उडेको विमान आज राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ ।
नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् ।
त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।