सुनसरीमा एक घरबाट नौं हजार गोली बरामद

अनलाईन न्युजपाटी,सुनसरी,समाचारदाता, पौष ६ गते

सुनसरीमा प्रहरीले एक घरबाट नौं हजार गोली बरामद गरेको छ । बराहक्षेत्र नगरपालिका– ५ स्थित एकता टोलबाट अत्याधुनिक हतियार एसएलआरसहित ९ हजार बढी गोली बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।स्थानीय एक व्यक्तिको घरमा बम रहेको सूचनाको आधारमा प्रहरी र नेपाली सेनाको पूर्वी पृतनाको टोली पुगेको थियो । तर बम नभई खिया लागेको अवस्थाका हतियार भेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *