अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष ८ गते।
मोटर साइकल चोरीमा संलग्न धनगढीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केही दिन पहिले चोरी भएको राम सिंह रानाको से ६ प २८६४ नम्बरको मोटर साइकल सहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।धनगढी उपमहानगरपालीका वडा नम्बर ८ क्याम्पस रोडबाट चोरी भएको मोटरसाइकल सहित चोरीमा संलग्न कैलाली जोशिपुर गाउँपालिका वडा नम्बर १ का २३ वर्षीय टाईसन भनिने सञ्जीव कुश्मीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अन्य स्थानबाट समेत मोटर साइकल चोरी गरेको हुन सक्ने भन्दै कुश्मीलाई हुलियाको आधारमा पहिचान गरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।