रकम फिर्ता नगरेको निहुँमा जेठाजुले खुकुरीले हान्दा धनुषामा एक महिलाको मृत्यु

अनलाईन न्युजपाटी,धनुषा,समाचारदाता, पौष १०  गते।

धनुषामा खुकुरी प्रहार गरी बुहारीलाई हत्या गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्था घर भएकी अन्दाजी ३८ बर्षिया रानी देवीलाई हत्या गरी फरार भएका नातामा जेठाजु पर्ने अन्दाजी ४२ वर्षीय श्रीप्रसाद पंजियारलाई प्रहरीले पक्राउपछि बिहीबार सार्वजनिक गरेको हो ।पंजियारले रानीलाई बुधबार खुकुरी प्रहार गरेर गम्भिर घाइते बनाएका थिए । उनको उपचारका क्रममा निधन भइसकेको छ भने पंजियारलाई गएराति नै पक्राउ गरेको हो । बुधबार दिउँसो करिब २ बजे श्रीप्रसाद रानीलाई धारिलो हतियार प्रहार गरी फरार भएका थिए ।अभियूक्तलाई उपमहानगरपालिका वडा नम्बर १ स्थित रेल्वे ट्रयाकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।  आर्थिक लेनदेन र जग्गा विवादले उग्ररुप लिँदा श्रीप्रसादले बुहारीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक रानीका श्रीमान् मिश्री पंजियार वैदेशिक रोजगारीका क्रममा ३ वर्षदेखि मलेसियामा छन् । मृतकका २ छोरा र २ छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *