जुम्लामा हवाई मार्गबाट लागु औषध ओसार पसार गर्ने गरेको तथ्य फेला

अनलाईन न्युजपाटी,जुम्ला,समाचारदाता, पौष १६ गते।

जुम्लामा हवाई मार्गबाट लागु औषध भित्रिने गरेको छ । सामानको बीचमा राखेर व्यापारी तथा सेवनकर्ताले लागु औषध ओसार पसार गर्ने गरेको तथ्य फेला परेको हो।आइतबार पत्रकार सम्मेलन गरी लागु औषध ओसार पसारको घटना सार्वजनिक गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयले यस्तो घटना सार्वजनिक गरेको हो । ‘जुम्लामा हवाई मार्गबाट लागुऔषध भित्रिन्छ भन्ने कुरा विश्वास गर्न सकिँदैन । तर, निगरानी बढाएपछि सुन्तलामा समेत लागु औषध (ब्राउन सुगर) ओसार पसार गरेको भेटियो,’ प्रहरी नायव उपरीक्षक लालबहादुर धामी भने ।जिल्लामा फलफूलको काटुनभित्र लागु औषध ल्याउन गरेको प्रहरी नायव उपरीक्षक धामीले बताए । ‘नेपालगंज हुँदै जिल्लाको विमानस्थलसम्म लागु औषध आइपुग्दो रहेछ,’ उनले भने । गत बुधबार सीता एयरलाइन्सको जहाजमा १२ दाना सुन्तला, साबुन र स्याम्पुका डिब्बामा लागु औषध लुकाएर लगिएको भेटिएको थिको । यस्तै, कण्डममा लुकाएर लगिएको ६ ग्राम ब्राउन सुगर विषेश सुचनाका आधारमा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले लागु औषध पठाउने र लिने व्यक्तिलाई पक्राउ गरेको छ । उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । त्यसअघि प्रहरीले १७ मंसिरमा तिला गाउँपालिका-३ कुडारीमा एक ग्राम लागु औषध ब्राउन सुगरसहित एक नाबालकलाई पक्राउ गरेको थियो । ती बालकको बयानका आधारमा थप तीन जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक धामीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *