आफूहरू सिआइबी प्रहरी रहेको भन्दै व्यापारीहरूसँग रकम असुल्ने दुई जना झापा प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,झापा,समाचारदाता,पौष २९ गते।

आफूहरू सिआइबी प्रहरी रहेको भन्दै व्यापारीहरूसँग रकम असुल्ने दुई जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।झापाको राजगढबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राजगढ बजारमा व्यापार गर्दै आएका अरफाक आलमसँग ७ हजार रुपैयाँ असुल गरिरहेको समयमा उनीहरू पक्राउ परेका थिए ।गौरीगञ्ज गाउँपालिका–१ का पर्शुराम महतो र सोही गाउँपालिका–३ का जीवन दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । व्यापारीसँग असुल गरेको रकमसहित उनीहरूलाई पक्राउ गरेको डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरूमाथि अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *