अनलाईन न्युजपाटी,धनुषा,समाचारदादाता,माघ ८ गते।
धनुषामा ट्याक्टर पल्टिंदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका-१ बस्ने ३५ वर्षीय सखिचन पासवान छन् ।मंगलबार राति औरही गाउँपालिका-२ देउरी चोकस्थित सडकमा अनटेस्ट लेखिएको ट्याक्टर अनियन्त्रित भई पल्टिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।सखिचनको सोही ट्याक्टरले किचेर मृत्यु भएको हो ।